१४ भाद्र २०८३ आइतबार
image/svg+xml
खेल

लिभरपुल बराबरीमा रोकिँदा न्युक्यासलको जित, आज चार खेल

इंग्लिस प्रिमियर लिगमा गएराति लिभरपुल बराबरीमा रोकिँदा न्युक्यासल युनाइटेडले महत्वपूर्ण जित निकालेको छ।

घरेलु मैदानमा लिभरपुल नटिङ्घम फरेस्टसँग २–२ गोलको बराबरीमा रोकिएको हो। फरेस्टका डान एनडोये र मोर्गन गिब्स-ह्वाइटले गोल गर्दा लिभरपुलका एलेक्जेन्डर इसाक र भिक्टर मुनोजले गोल गरे। मुनोजले खेल सकिन केही समयअघि गोल गर्दै लिभरपुललाई हारबाट जोगाएका थिए।

अर्को खेलमा न्युक्यासलले टोटनहम हट्स्परलाई २–० ले पराजित गर्‍यो। एन्थोनी इलांगा र योआने विसाले दोस्रो हाफमा गोल गरेपछि न्युक्यासलले तीन अंक जोडेको हो। टोटनहमले लिगका सुरुवाती दुई खेलमा गोल गर्न सकेको छैन। गए राति नि भएकमा अन्य खेलमा बोर्नमाउथ र एभर्टनले १–१ गोलको बराबरी खेल्दा हल सिटीले कोभेन्ट्री सिटीलाई १-० ले हरायो।

आज राति पनि प्रिमियर लिगमा चार खेल हुँदैछन्। चेल्सीले ब्राइटन एन्ड होभ एल्बियनसँग, लिड्स युनाइटेडले ब्रेन्टफोर्डसँग, सन्डरल्यान्डले फुलहमसँग तथा म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनसँग प्रतिस्पर्धा गर्नेछ।

आइतबारको खेलमध्ये चेल्सी र ब्राइटन तथा म्यानचेस्टर युनाइटेड र इप्सविचबीचको भिडन्तलाई विशेष चासोका साथ हेरिएको छ।

प्रकाशित: १४ भाद्र २०८३ ०६:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App