१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

मालिका गाउँपालिका-५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ।

नेपाल विद्युत् प्राधिकरणको ‘उज्यालो म्याग्दी’ कार्यक्रममार्फत पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तारका लागि एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान भएको छ।

एक सय ३२ घर रहेको पन्थोकमा गौडाखोला लघुजलविद्युत् परियोजना तथा ७२ घर भएको जुग्जामा पेल्ट्रिक सेटबाट विद्युत् उत्पादन गरी उपभोक्तामा आपूर्ति भएको छ। 

प्रकाशित: १४ भाद्र २०८३ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App