५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

न्यौपाने बने नेपाली राष्ट्रिय महिला फुटबलको मुख्य प्रशिक्षक

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन्।  

बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्तको पत्र प्रदान गरे। उनी सन् २०२६ को साफ महिला च्याम्पिनपसिपलाई लक्षित गर्दै मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्।

त्यस्तै भगवती खत्री र राजकुमार केसी टोलीको सहायकप्रशिक्षको भूमिका रहने छन्। नेपाली टोलीले अक्टोबर २६ मा भारतसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ ।

 

प्रकाशित: ९ आश्विन २०८२ १४:४५ बिहीबार