एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम प्रस्थान गरेको छ।
टोली मगंलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। नेपाल र भियतनामले अक्टोबर ९ र १४ गते एएफसी एसियन कप छनोट खेल्ने छन्।
यसको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीलाई आइतबार बिदाइ गरेको थियो। मुख्य प्रशिक्षक म्याट रसलले कप्तान किरणकुमार लिम्बूको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।
दुवै खेल भियतनामको बिन दुङ रङ्गशालामा खेलिने छ। होम एन्ड अवे प्रणालीमा हुने भनिएको म्याच नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला खेल्न अयोग्य ठहर भएपछि दुवै खेल भियतनामको मैदानमा हुन लागेको हो।
प्रकाशित: २१ आश्विन २०८२ ११:२३ मंगलबार





