३१ भाद्र २०८३ बुधबार
image/svg+xml
खेल

दीपेन्द्रसिंह ऐरीको कप्तानीमा एसियन गेम्सका लागि नेपाली टोली घोषणा

जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि अन्तिम टोली सार्वजनिक गरेको हो।

घोषित टोलीमा क्यानले नेतृत्वको जिम्मेवारी दीपेन्द्रलाई सुम्पिएको छ। टोलीमा युवा खेलाडीहरू लोकेश बम, नन्दन यादव र शेर मल्लले पनि स्थान बनाएका छन्।

घोषित १५ सदस्यीय नेपाली टोली :

दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल।

प्रकाशित: ३० भाद्र २०८३ १८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App