नेपालले मलेसियामा भएको आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार तीन पदक जितेका छन्।
मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको नेपाली खेलाडीले तीन स्वर्ण र एक रजत गरी कुल चार पदक जितेका हुन्। पुरुष ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ तथा स्पिड किकमा आयुश बोहराले नेपाललाई स्वर्ण दिलाए।
गोविन्दले पाकिस्तान तथा आयुशले मलेसियाका खेलाडीलाई हराएको प्रशिक्षक श्रीकृष्ण खड्काले जानकारी दिए। पुरुष ७४ केजीमुनि सन्दीप बस्नेतले रजत जिते। उनी फाइनलमा पाकिस्तानी खेलाडीसँग पराजित भए। नेपाली टोलीको प्रमुखमा महेन्द्रराज घिमिरे तथा व्यवस्थापकमा गणेशबहादुर खड्का छन्।
प्रकाशित: २५ श्रावण २०८२ ०७:२२ आइतबार





