नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले भारतका ३ टोलीसँग अभ्यास सिरिज खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार महिला राष्ट्रिय क्रिकेट टोलीले उक्त सिरिज खेल्ने जानकारी दिएको हो। सो सिरिजका लागि १५ खेलाडीको घोषणा भएको छ।
नेपालले भारतको उत्तराखण्डमा खेल खेल्ने छ। पहिलो खेल नोभेम्बर १३ मा नेपाल र राजस्थानबिच हुनेछ। त्यस्तै, नोभेम्बर १४ मा नेपाल र उत्तराखण्ड खेल्ने छन्। १५ तारिखमा नेपालले बंगालसँग खेल्ने तालिका रहेको छ।
यस्तो छ खेल तालिका:

प्रकाशित: २४ कार्तिक २०८२ १३:१५ सोमबार



-600x400.jpg)

