आगामी नोभेम्बरमा बङ्गलादेशमा हुने साफ च्याम्पियनमा फिफाको कारबाहीका कारण नेपालले सहभागिता हुन नपाउने भएको छ।
नेपाल सहभागिता हुने सबैभन्दा ठूलो प्रतियोगिता यही रहेको थियो। साउथ एसियन फुटबल फेडेरेशन (साफ) बाट आयोजना हुने यस प्रतियोगितामा नेपाललााई दाबेदार टिमको रूपमा हेरिँदै आएको थियो।
लामो समयदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को विवादका कारण गत जुन २४ बाट अर्को सूचना नआउञ्जेलसम्मलाई फुटबलको कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध गरेको छ।
प्रतिबन्ध भए संगै नेपालले फिफा र एएफसिले प्रदान गर्ने विकास कार्यक्रम, आर्थिक सहयोग, तालिम तथा शैक्षिक कार्यक्रमहरूमा पहुँच गुमाएको छ।
प्रकाशित: १७ श्रावण २०८३ १३:२३ आइतबार





