नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ।
सोमबार यी दुई टोलीबिच हुने पहिलो टी-२० सिरिज बेलुका ५ बजेबाट त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा हुनेछ।
आज नेपाल र युएईको टोली टी-२० आईमा १२ पटक भेट गर्दैछन्। यसअघि ११ पटक प्रतिस्पर्धा गरिसकेकोमा नेपाल युएईमाथि हावी भएको छ। ११ खेलमा नेपालले युएईलाई ६ पटक हराएको छ भने युएईले नेपाललाई ५ पटक पराजित गरेको छ।
एसोसिएट क्रिकेटमा नेपाल र युएईबिचको भिडन्तलाई ‘एल क्लासिको’ उपनाम दिइएको छ। आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दैछन्।
यस्तै, नेपाली क्रिकेट मैदानमा आज पहिलो पटक अन्तर्राष्ट्रिय खेल रात्रिकालीन हुँदैछ। दुई दिन खेलिने उक्त सिरिजको दोस्रो खेल मंगलबार हुनेछ।
प्रकाशित: ७ वैशाख २०८३ १२:०१ सोमबार





