आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत राउन्ड २३ को पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेको क्यानडाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।
नेपाल सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रँदैछ। नेपालको प्लेइङ-११ मा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, बासिर अहमद, नन्दन यादव, गुलशन झा, करण केसी, ललित राजवंशी र सन्दीप लामिछाने छन्।
नेपालका लागि क्यानडाविरुद्ध राम्रो सुरुवात गर्दै प्रतिस्पर्धात्मक योगफल बनाउनु महत्त्वपूर्ण हुनेछ।
प्रकाशित: २५ आश्विन २०८३ ११:०५ आइतबार





