चौथौँ संस्करणको नेपाल सुपर लिग (एनएसएल) भदौ २० गतेबाट हुने भएको छ।
आइतबार आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले पत्रकार सम्मेलन गर्दै चौथौँ संरणको एनएसएल भदौ २० गतेबाट सुरु हुने जानकारी दिएको हो।
आयोजकको अनुसार यसपटक देखि लिग ‘होम एण्ड अवे’ प्रणालीमा हुनेछ। यसअघिका संस्करणका सबै खेल काठमाडौं रहेको दशरथ रगंशलमा हुँदै आएको थियो। अब पहिलो पटक काठमाडौं बाहिर पनि हुने भएको हो।
यसका साथै यस संस्करणमा कुल टोलीको संख्या पनि बढाइएको छ। यसअघि ७ टोलीले प्रतिस्पर्धा गर्दै आएकोमा अब १० देखि १२ टोलीको सहभागिता रहनेछ।
एनएसएलको साविक विजेता ललितपुर सिटि एफसी हो।
प्रकाशित: ३ जेष्ठ २०८३ १८:११ आइतबार





