ओमानमा जारी आइसीसी टी-२० विश्वकप छनोटको सुपर-६ खेलमा युएईविरुद्ध उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेट गुमाएको छ।
नेपालका ओपनर कुशल भुर्तेल ५६ रनको कुल स्कोरमा व्यक्तिगत २८ रन बनाएर पेभेलियन फर्किएका हुन्।
आउट हुनुअघि उनले २६ बलको सामना गर्दै २ चौका र २ छक्का प्रहार गरे। भुर्तेलले आसिफ शेखसँग पहिलो विकेटका लागि ५६ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए।
यो समाचार तयार पार्दासम्म नेपालले ७.५ ओभरमा १ विकेटको क्षतिमा ५६ रन बनाएको छ। अब आसिफ शेखलाई साथ दिन कप्तान रोहितकुमार पौडेल क्रिजमा आएका छन्।
प्रकाशित: २६ आश्विन २०८२ १६:५४ आइतबार





