२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपालले कतारलाई दियो १७१ रनको लक्ष्य, कुशल भुर्तेलको अर्धशतक

नेपालले कतारलाई जारी अभ्यास खेलमा १७१ रनको लक्ष्य दिएको छ।  

सोमबार ओमानको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड-१ मा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनायो।  

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। ३३ बलको सामना गरेका उनले तीन छक्का र ५ चौका समेत प्रहार गरे।  

नेपालका अर्को ओपनर आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रन तथा दीपेन्द्र सिंह ऐरी ३८ रन बनाए।  

त्यस्तै, कुशल मल्ल नटआउट रहे।  

कतारका लागि शारिक मुनिर र मोहमद असिमले समान २-२ विकेट लिए।  

यसअघि खेलिएको पहिलो अभ्यास खेलमा नेपालले ओमानमाथि ६ विकेटको जित हासिल गरेको थियो।

प्रकाशित: २० आश्विन २०८२ १७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App