आइसिसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपालले ओमानलाई २८१ रनको लक्ष्य दिएको छ।
ओमानको अल अमेरतस्थित अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा टस जितेर नेपालका कप्तान सन्दीप लामिछानेले पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए।
लिग-२ को शीर्ष ६ मा स्थान सुरक्षित गर्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ। ओमानलाई हराउन सके नेपालले शीर्ष ६ मा रहँदै सोझै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेछ।
तर, ओमानसँग पराजित भए नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।
नेपालले यसअघि क्यानडा र ओमानलाई पराजित गरेको थियो। तर, शनिबार भएको खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।
प्रकाशित: २ कार्तिक २०८३ १५:१५ सोमबार





