२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

नेपालको सुस्त सुरुवात: १० ओभरमा ३ विकेट गुमाउँदै ६२ रन

युएईविरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले सुरुवाती १० ओभरमा ३ विकेटको क्षतिमा ६२ रन जोडेको छ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ६.२० को रनरेटमा ब्याटिङ गरिरहेको हो।

अहिले क्रिजमा कुशल मल्ल १७ रन र कप्तान दीपेन्द्रसिंह ऐरी ८ रन बनाएर खेलिरहेका छन्। यी दुईबीच चौथो विकेटका लागि २२ रनको साझेदारी भइसकेको छ।

यसअघि नेपालले पावरप्लेभित्रै तीन महत्त्वपूर्ण विकेट गुमाएको थियो। ओपनर अर्जुन साउद १३ रनमा बोल्ड आउट भए भने सन्दीप जोरा ६ रनमै क्याच आउट हुन पुगे।

अर्का ओपनर कुशल भुर्तेलले ९ बलमा १६ रन जोडे पनि ५.२ ओभरमा रन आउट भएपछि नेपाल दबाबमा परेको थियो।

युएईका लागि जुनेद सिद्दिकी र हैदर अलीले समान १–१ विकेट लिएका छन्।

प्रकाशित: ७ वैशाख २०८३ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App