१७ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

नेपालको घातक बलिङ: १० ओभरमा यूएईका ६ ब्याटर पभिलियन फर्किए

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यूएईविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै खेलमा पकड जमाएको छ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले १० ओभरको खेल सकिँदा यूएईलाई ६१ रनमा सीमित गर्दै ६ महत्त्वपूर्ण विकेट झारेको छ।

नेपालका लागि तीव्र गतिका बलर हेमन्त धामीले घातक बलिङ गर्दै २ विकेट लिएका छन्।

उनले ३ ओभरमा मात्र १२ रन खर्चिएर विपक्षी टोलीलाई दबाबमा राखे। यस्तै, सन्दीप लामिछानेले अत्यन्तै किफायती बलिङ गर्दै २ ओभरमा १ मेडन राखेर मात्र २ रन खर्चिँदै १ विकेट लिए।

नन्दन यादव र शाहब आलमले पनि १–१ विकेट चट्काएका छन्।

यूएईको पारीको सुरुवात निकै खराब रह्यो। कप्तान मोहम्मद वसिमलाई खेलको पहिलो ओभरमै हेमन्त धामीले शून्य रनमा आउट गरे।

त्यसपछि अलीशान शराफु १ र हरप्रीत सिंह पनि १ रनमै समेटिए। सोहैब खान र निलान्श केसवानीले खाता समेत खोल्न सकेनन्। केसवानीलाई कप्तान दीपेन्द्र सिंह ऐरी र लोकेश बमले रन आउट गरेका हुन्।

यूएईका लागि अदीब उस्मानीले ३० रनको योगदान दिए पनि उनी सन्दीप लामिछानेको बलमा एलबीडब्लु आउट भए।

अहिले क्रिजमा अक्षदीप नाथ २४ र मोहम्मद अरफान ५ रन बनाएर खेलिरहेका छन्। यूएईले ६.१० को रन रेटमा रन बनाइरहेको छ।

प्रकाशित: ८ वैशाख २०८३ १७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App