२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

काभा भलिबलमा नेपाल फेरि भारतसँग पराजित, चौथो स्थानमा सीमित

नेपालले घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा तेस्रो हुने अवसर पनि गुमाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको ह‍ो । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो । तेस्रो खेलमा भने नेपाली टोलीले उक्त प्रदर्शन दोहोर्याउन सकेन । पहिलो दुई सेट नै गुमाएपछि नेपाल सुरूमै दबाबा पर्यो ।

पहिलो दुई सेट गुमाए पनि नेपाल टोलीले पुनरागमनको संकेत गर्यो । पहिलो दुई सेट पनि प्रतिस्पर्धात्मक रह्यो । भारतले पहिलो सेट २५-२२ र दोस्रो सेट २५-२३ ले आफ्नो पक्षमा राख्यो । तेस्रो सेट भने घरेलु टोलीले एकतर्फी नै बनायो । 

रिमा कुँवर चम्किएपछि नेपालले २५-१५ ले तेस्रो सेट आफ्नो बनाउँदै पुनरागमनको संकेत गरेको हो । यससँगै सेट २-१ को अवस्थामा पुग्यो । तेस्रो सेटको प्रदर्शनले घरेलु समर्थक आफ्नो टोली खेलमा फर्कने आशा गरे । चौथो सेट भने सुरुदेखि नै प्रतिस्पर्धात्मक पनि रह्यो । तर, अन्तिम समय नेपाली टोली सम्हालिन सकेन ।

नेपाली टोली १९-१९ को अवस्थामा समालिएन । अन्तत् यो भारतले २५-२२ ले आफ्नो बनाउँदै नेपालको लक्ष्य पूरा हुन दिएनन् । यससँगै नेपाली टोली एसिया कपमा छनोट हुन असफल भयो । अब ईरान र काजखस्तानबीच आजै ४:३० बजे उपाधि भिडन्त हुनेछ । 

समूहचरणमा ईरानले काजखस्तानलाई ३-० को सेटमा हराएको थियो । सेमिफाइनलमा इरानले नेपाल र काजखस्तानले भारतलाई हराएर उपाधि भिडन्त पक्का गरेको हो । यस च्याम्पियनसिपमा आठ राष्ट्रले प्रतिस्पर्धा गरेको थिए ।

प्रकाशित: १५ जेष्ठ २०८३ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App