८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

श्रीलंका ‘ए’ सँग पहिलो अभ्यास खेलमा नेपाल पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका ‘ए’ सँगको पहिलो अभ्यास खेलमा ६ विकेटले पराजित भएको छ।  

मगंलबार नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंकाले ‘ए १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।  

श्रीलंकाका लागि लाहिरु उदराले अर्धशतकीय पारी खेले । २४ बलमै ५१ रन अर्धशतक पूरा गरेका उनले ४२ बलमा ७३ रनको पारी खेले।  

नेपालका लागि सोमपाल कामीले ३ र ललित राजवंशीले १ विकेट लिए।  

त्यसअघि श्रीलंकाको नवालास्थित एसएलडिसि क्रिकेट मैदानमा टस जितर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो।  

नेपालको लागि अशिफ शेखले सर्वाधिक ६० रन बनाए।  

नेपालले अब श्रीलंकासँग दुई वटा टी-२० आई खेल्न बाँकी छ।

प्रकाशित: ६ माघ २०८२ १७:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App