१० आश्विन २०८३ शनिबार
image/svg+xml
खेल

वर्षाका कारण नेपाल–जापान खेल १५ ओभरमा छोट्याइयो

नागोया–आइचीमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र जापानबीचको खेल वर्षाका कारण १५ ओभरमा छोट्याइएको छ।

निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा जापानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। तर, लगातार वर्षा भएपछि निर्धारित समयमा खेल सुरु हुन सकेन।

वर्षाका कारण मैदान खेलका लागि तयार हुन समय लागेपछि खेल १५–१५ ओभरमा सीमित गरिएको हो। मौसममा सुधार आएपछि खेल सुरु हुनेछ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा शुक्रबार अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो।

समूह ‘ए’मा नेपाल, जापान र अफगानिस्तान छन्। जापान भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग ४८ रनले पराजित भएको थियो।

प्रकाशित: १० आश्विन २०८३ ०६:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App