३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

अयोग्य खेलाडी खेलाएर मलेसिया कारबाहीमा पर्दा नेपाललाई तीन अंक

अयोग्य खेलाडी खेलाएको मलेसिया फुटबल संघ कारबाहीमा पर्दा नेपाललाई तीन अंक प्राप्त भएको छ ।

एसियन फुटबल कन्फेडेरेसन(एएफसी) को डिसिप्लिनरी तथा इथिक्स कमिटीले मलेसिया फुटबल संघलाई अयोग्य खेलाडी खेलाएको ठहर गर्दै कारबाही गरेको हो ।  

एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल र भियतनामविरुद्धका खेलमा नियम उल्लंघन भएको निष्कर्ष निकालिएको हो।

कमिटीले एएफसी डिसिप्लिनरी तथा इथिक्स कोडको आर्टिकल ५६ उल्लंघन भएको ठहर गर्दै सन् २०२५ मार्च २५ मा नेपालविरुद्ध र जुन १० मा भियतनामविरुद्ध खेलेका खेलको नतिजा उल्ट्याएको छ। अब दुवै खेलमा नेपाल र भियतनामले ३–० को प्राविधिक जित पाउने भएका छन्।

यसअघि मलेसियाले नेपाललाई २–० र भियतनामलाई ४–० ले हराएको थियो। तर नयाँ निर्णयसँगै समूहको समीकरण नै फेरिएको छ।

यो निर्णयपछि नेपाल राष्ट्रिय फुटबल टिमले पाँच खेलबाट पहिलो जितसहित तीन अंक जोडेको छ। समूह एफमा नेपालको अंकतालिकामा सुधार आएको छ।

यस्तै, इथिक्स कमिटीले मलेसियालाई ५० हजार अमेरिकी डलर जरिवाना पनि गरेको छ।

प्रकाशित: ३ चैत्र २०८२ १५:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App