१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
खेल

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीमा आज नेपाल र अमेरिका भिड्दै

आईसीसी महिला टी–२० च्यालेन्ज ट्रफीको आफ्नो पहिलो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे रुवान्डामा सुरु हुनेछ।

नेपाली महिला टोलीले पहिलो पटक रुवान्डामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगितामा नेपाल, अमेरिका, इटाली, रुवान्डा र भानुआतु सहभागी छन्। सबै टोलीले एकअर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन्। अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता घोषित हुनेछ।

आजदेखि सुरु भएको प्रतियोगिता वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ। आईसीसीले पहिलो पटक यो प्रतियोगिताको आयोजना गरेको हो।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले गएको बुधबार औपचारिक बिदाइ गरेको थियो।

प्रकाशित: ५ वैशाख २०८३ १५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App