१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
खेल

नेपाल ‘ए’ दक्षिण अष्ट्रेलियासंग १३८ रनले पराजित

क्याप्शन

अष्ट्रेलिया भम्रणमा रहेको नेपाल ‘ए’ दोस्रो एकदिवसीय अभ्यास खेलमा दक्षिण अष्ट्रेलियासंग १३८ रनले पराजित भएको छ। 

२६० रनको लक्ष्य सहित मैदानमा जबाफी ब्याटिङ गरेको नेपाली टोली २२.१ ओभरमा मात्र १२१ रनमा समेटिएको हो। नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। मयान यादवले २०, दीपक डुम्रेले १८ र अनिल साहले ११ रन जोडे।

दक्षिण अष्ट्रेलियाका लागि स्पेन्सर जोन्सनले ३ विकेट लिएका छन्। क्याम्पबेल थम्पसनले २ तथा हेडन शिलर, हानो ज्याकब्स र लाचलान बाङ्सले समान १ विकेट हात पारे।

यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनाएको थियो।  

उसका लागि डाउट्जी हुगेनबोजमले शानदार शतकसहित १११ रन बनाए। उनले १२२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै लाचलान बाङ्सले ४२ तथा जेर्सिस वाडियाले २९ रन जोडे।

नेपालका लागि राशिद खानले २ विकेट लिए। रिजान ढकाल, पवन सर्राफ, लोकेश बम र नारायण जोशीले समान १-१ विकेट हात पारे।

यस्तै, नेपाली टोली यसअघि भएको आफ्नो पहिलो अभ्यास खेलमा तास्मानियासंग २ विकेटले पराजित भएको थियो।

प्रकाशित: १९ भाद्र २०८३ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App