अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ ले आज दक्षिण अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल्दैछ। नेपाल ‘ए’ ले अहिले बलिङ गरिरहेको छ। टस जितेको दक्षिण अष्ट्रेलियाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपाल ‘ए’ले आजको खेलमा अनुभवी ब्याटर कुशल भुर्तेललाई आराम दिएको छ। कप्तान अनिलकुमार साहको नेतृत्वमा मैदान उत्रिएको नेपाल ‘ए’का लागि दक्षिण अष्ट्रेलियालाई सुरुआतमै दबाबमा राख्नु मुख्य चुनौती हुनेछ।
अघिल्लो खेलमा तास्मानियाविरुद्ध बलिङ र ब्याटिङ दुवैमा राम्रो चुनौती प्रस्तुत गरेको नेपाल ‘ए’ अन्तिम समयमा चुकेको थियो। नेपाल ‘ए’ तास्मानियासँग २ विकेटले पराजित भएको थियो।
दक्षिण अष्ट्रेलियाविरुद्ध नेपाल ‘ए’ अघिल्लो खेलको कमजोरी सुधार गर्दै अस्ट्रेलिया भ्रमणको पहिलो जित निकाल्ने लक्ष्यमा छ।
प्रकाशित: १९ भाद्र २०८३ ०६:४४ शुक्रबार





