११ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

वीरेन्द्रनगरमा आजदेखि राष्ट्रियस्तरको ब्याटमिन्टन प्रतियोगिता हुने

मध्यपश्चिम नापी पेशाकर्मी समाजको १६ औं वार्षिक उत्सवको अवसरमा देशभरका नापी पेशाकर्मीबिच ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। वीरेन्द्रनगर नगरपालिकाको कर्वड हलमा कार्यक्रमको उद्घाटन हुने जनाइएको छ।

जिल्ला ब्याटमिन्टन संघको कर्वड हल सुर्खेतमा साउन २२ देखि २४ गतेसम्म हुने मध्यपश्चिम नापी पेशाकर्मी समाजका अध्यक्ष लोकप्रसाद धमलाले जानकारी दिए। नापी पेशाकर्मीबिच एकता, भाइचारा र साझा हितका लागि २०६६ सालमा समाजको स्थापना भएको हो।

ब्याटमिन्टन प्रतियोगिताका लािग हाल ५५ टिम दर्ता भएको जनाइएको छ। ब्याटमिन्टन प्रतियोगितामा भेट्रान, जुनियर र सिनीयर गरेर तिन किसिमबाट खेल हुनेछ। भेट्रान (बढी उमेर समूह) लाई प्रथम ३० हजार, द्धितीयलाई २० हजार र तृतीयलाई १० हजार पुरस्कार रहेको छ भने जुनियरलाई  प्रथम ४० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ पुरस्कार रहेको छ। त्यस्तै सिनीयरलाई पनि जुनियर समूह अन्तर्गत नै पुरस्कार राशी र ट्रफि राखिएको छ।

तीनै विधामा उत्कृष्ट खेलाडीलाई सम्मान पत्र, नगद २/२ हजार र ट्रफी दिइने छ। 

प्रकाशित: २२ श्रावण २०८२ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App