२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

अतिरिक्त समयमा पनि रोमाञ्चक भिडन्त : अर्जेन्टिना र केप भर्डे २-२ को बराबरीमा

फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक नकआउट खेलमा साविक विजेता अर्जेन्टिना र डेब्यु टोली केप भर्डेबीच मियामी रंगशालामा जारी भिडन्त रोमाञ्चक र अप्रत्याशित मोडतर्फ अघि बढेको छ। 

निर्धारित ९० मिनेट र इन्जुरी समय १-१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको यस खेलमा दुवै टोलीले पुनः १-१ गोल थपेका छन्।

खेलको २८औँ मिनेटमा कप्तान लियोनेल मेसीले उत्कृष्ट फिनिसिङमार्फत विश्वकप करियरको २०औँ गोल पूरा गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा ल्याए।

अतिरिक्त समयको सुरुवातमै (९१औँ मिनेटमा) अर्जेन्टिनाले कर्नरमार्फत पुनः अग्रता लियो। मेसीको 'आउटस्विङर' कर्नर बललाई एलिक्सिस म्याक एलिस्टारले फ्लिक गरेपछि खाली ठाउँमा रहेका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले प्रहार गर्दै अर्जेन्टिनालाई २-१ को स्थितिमा पुर्‍याए।

तर साविक विजेताको त्यो खुसी धेरै बेर टिक्न पाएन। खेलको १०२औँ मिनेटमा केप भर्डेका सिड्नी लोपेस काब्रालले उत्कृष्ट गोल फर्काउँदै खेललाई २-२ को रोमाञ्चक बराबरी स्थितिमा ल्याएका छन्। डेब्यु टोली केप भर्डेले विश्व च्याम्पियन अर्जेन्टिनालाई कडा टक्कर दिँदै खेललाई पेनाल्टी सुटआउटतर्फ धकेल्ने प्रयास गरिरहेको छ।

प्रकाशित: २० असार २०८३ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App