फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका छन्।
अमेरिकाको कान्सास सिटी स्टेडियममा जारी खेलमाअल्जेरियाविरुद्ध मेस्सीले व्यक्तिगत तीन गोल गरेका हुन्।
मेस्सीले खेलको ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक बनाएका हुन्। यससँगै अर्जेन्टिनाले अल्जेरियाविरुद्ध ३–० को अग्रता बनाउदै जिततर्फ उन्मुख भएको छ।
यसअघि मेस्सीले ६० र १७ औं मिनेटमा गोल गरेका थिए।
छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलो ह्याट्रिक बनाएका हुन्। यससँगै उनले विश्वकपमा १६ गोल गर्दै सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन्। यसअघि जर्मनीका मिरोस्लाभ क्लोसले १६ गोल बनाएर रेकर्ड राखेका थिए।
यस्तै, विश्वकपमा मेस्सीले आज कीर्तिमानी २७औं खेल खेलेका हुन्।
प्रकाशित: ३ असार २०८३ ०८:३१ बुधबार


-600x400.jpg)


