फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ।
अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रङ्गशालामा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्यो ।
फ्रान्सको जितमा खेलको ४५औँ र ७४औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गरे। यससँगै एमबाप्पे विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
साथै, यस विश्वकपको गोल्डेन बुटको दौडमा उनले अर्जेन्टिनाका लियोनेल मेसीसँग ६ गोलसहित बरबरी गरेका छन्।
यस्तै, खेलको ५३औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरे।
अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ।
अन्तिम–३२ को खेलअन्तर्गत गए राति भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गरेको थियो।
साथै आज बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोरबीच खेल हुँदैछ।
प्रकाशित: १७ असार २०८३ ०६:२२ बुधबार




-600x400.jpg)
