२४ श्रावण २०८३ आइतबार
image/svg+xml
खेल

म्यानचेस्टर युनाइटेडसँग पीएसजीको बराबरी, एम्बुमोले फर्काए गोल

म्यानचेस्टर युनाइटेडले प्रिसिजन मैत्रीपूर्ण खेलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–१ गोलको बराबरीमा रोकेको छ।

स्विडेनको गोथेनबर्गमा भएको खेलमा युनाइटेडले सुरुवातमै गोल खाएको थियो। खेल सुरु भएको दोस्रो मिनेटमै इब्राहिम म्बायेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। त्यसपछि युनाइटेडले खेलमा सुधार गर्दै आक्रमण बढायो। ब्रायन एम्बुमोले लगातार पीएसजीको रक्षापंक्तिमाथि दबाब बनाए।  प्याट्रिक डोर्गुले पनि हेडरमार्फत गोल गर्ने राम्रो अवसर पाए। तर उनको प्रहारलाई साफोनोभले रोके। 

युनाइटेडको निरन्तर दबाब ३२औँ मिनेटमा गोलमा परिणत भयो। अमाद डियालोको पासमा एम्बुमोले बायाँ खुट्टाले सटिक प्रहार गर्दै बललाई गोलमा परिणत गरे। उनको गोलसँगै खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसपछि दुवै टोलीले निर्णायक गोलका लागि प्रयास गरे पनि थप गोल हुन सकेन। अन्ततः युनाइटेड र पीएसजीबीचको प्रिसिजन मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकियो।

प्रकाशित: २४ श्रावण २०८३ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App