नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो।
लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए। यस्तै, निरोशन डिकवेलाले २७, दीलिप नाथले २५, आसिफ शेखले २१, रुबेन ट्रम्पलमनले १५ र शमिम हुसेनले १३ रन जोडे।
बलिङतर्फ जनकपुरका राहुल यादव र विशाल शुस्लिङले दुई–दुई विकेट लिए। यस्तै, हरमीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले एक–एक विकेट लिए।
लुम्बिनी यस सिजन अपराजित रहेको छ। ३ खेलमा ५ अंकसहित टोली शीर्ष स्थानमा छ। यस्तै, जनकपुर भने ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १४:१८ बिहीबार





-600x400.jpg)