१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

उत्कृष्ट जितपछि उपाधि होडमा लिभरपुल

यस सिजन संघर्ष गरिरहेको वेस्ट ह्याममाथि फराकिलो जितसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिगको दाबेदार म्यानचेस्टर सिटी र आर्सनलविरुद्ध दबाब बढाएको छ।

घरेलु मैदानमा शनिबार लिभरपुलले वेस्ट ह्याममाथि ५–२ को फराकिलो जित निकाल्दै आर्सनल र सिटीविरुद्ध दबाब सिर्जना गरेको हो। यो जितसँगै लिभरपुल लिगको शीर्ष पाँचमा उक्लिएको छ। म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध उपाधि दौडमा दबाब बढाउने लक्ष्य राखेको छ। लिभरपुलका ह्युगो एकिटिके, भर्जिल भान डाइक र एलेक्सिस म्याक एलिस्टरले गोल गरे। यो तीन वटै गोल सेट पिसबाट भएको हो। कोडी गाक्पोले एक गोल थपे। यस खेलमा स्टार मोहमद सालाह गोलविहीन भए । पहिलो हाफमा नै गोल वर्षापछि अर्ने स्लटको टोली लिभरपुल सबै प्रतियोगितामा गरेर लगातार चौथो जित निकाल्न सफल भएको हो।

दोस्रो हाफमा लिभरपुलका लागि डच स्टार कोडी एक गोल थप्दा अर्को गोल उपहार पाएको हो। यो हार रेलिगेसनबाट बाँच्ने वेस्ट ह्यामको लक्ष्यमा अर्को ठूलो धक्का हो। उनीहरू सुरक्षित क्षेत्रभन्दा अझै दुई अंकले पछाडि छन्। यद्यपि, वेस्ट ह्यामले दोस्रो हाफमा गोल फर्कायो। टोमास सोसेक र भ्यालेन्टिन कास्टेलानोसले गोल फर्काए पनि वेस्ट ह्यामको हार टरेन। एनफिल्डमा वेस्ट ह्यामले अझ धेरै गोल गर्न सक्थ्यो तर सफलता पाउन नसक्दा पराजित हुन पुग्यो। शीर्ष पाँचमा हुँदा अर्को सिजन च्याम्पियन्स लिग खेल्न लिभरपुलको लक्ष्यमा पनि मद्दत पुगेको छ। यो जितसँगै लिभरपुल छैटौं स्थानको चेल्सीभन्दा तीन अंकले अगाडि छ।

चेल्सीले आइतबार आर्सनलको भ्रमण गर्नेछ। यो खेल चेल्सीका लागि निकै चुनौतीपूर्ण छ। सिटी अंकतालिकाको शीर्षमा आर्सनलभन्दा पाँच अंकले पछाडि छ। बर्नलीको रेलिगेसनबाट बाँच्ने आशा कमजोर बन्दै गएको छ। शनिबार टर्फ मूरमा ब्रेन्टफोर्डसँग ४–३ को स्तब्धपछि बर्नलीको आशामा ठूलो धक्का लागेको छ। मिक्केल ड्याम्सगार्ड, इगोर थियागो र केभिन स्केडको गोलबाट ३४ मिनेटभित्रै ब्रेन्टफोर्डले ३–० को अग्रता लिएको थियो। यससँगै बे्रन्टफोर्ड सहज जिततर्फ अग्रसर देखिन्थ्यो तर माइकल कायोडेको आत्मघाती गोलले बर्नलीलाई पहिलो हाफ अगाडि खेलमा फर्कने माध्यम बन्यो। जेडन एन्थोनी र जियान फ्लेमिङले खेल बराबरीमा ल्याए तर ड्याम्सगार्डले इन्जुरी समयमा आफ्नो व्यक्तिगत दोस्रो गोल गरेपछि ब्रेन्टफोर्डले जित निकाल्यो।

यो जितपछि ब्रेन्टफोर्ड चेल्सीभन्दा दुई अंकले मात्र पछि छ । शनिबार नै एभर्टनले न्युकासललाई ३–२ ले हराउँदै अर्को उत्कृष्ट अवे जित निकालेको छ। साथै अर्को सिजन युरोपेली फुटबल खेल्ने आशा कायम राखेको छ। जारोड ब्रान्थवेट, बेटो र थिएर्नो ब्यारीको गोलमार्फत एभर्टनले सेन्ट जेम्स पार्कमा तीन पटक अग्रता लिएको थियो । यो हारपछि न्युकासल १२औं स्थानमा झरेको छ।न्युकासलको सिजनको सफलता अब च्याम्पियन्स लिगमा बार्सिलोना र अर्को साताको एफए कप पाँचौं चरणमा सिटीविरुद्धको उत्कृष्ट प्रदर्शनमा निर्भर हुनेछ। बोर्नमाउथले पनि सन्डरल्यान्डसँग १–१ को बराबरी खेल्दै आफ्नो अपराजित लिग यात्रा आठ खेलसम्म पुर्‍याएको छ।  

प्रकाशित: १७ फाल्गुन २०८२ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App