ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं २ मा तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता मंसिर २१ गतेदेखि हुने भएको छ ।
लालीमा क्लवको आयोजनामा मंसिर २१ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता ठोट्ने सिंहराज मनरानी आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालन हुने क्लवका अध्यक्ष गणेश राईले जानकारी दिए ।
प्रतियोगिताका बिजेताले १ लाख ६५ हजार र उपबिजेताले ९० हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । विधागततर्फ समेत आकर्षक पुरस्कारका साथ ट्रफी,मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार फुटबल प्रतियोगिताका साथ ब्याडमिन्टन, हाँडी फुटाई, छेलो र डोरी तान्ने प्रतियोगिता समेत हुने भएका छन् । मौलिक साँस्कृतिक झाँकीतर्फ केलाङ, संगिनी नाच, डम्फु नाच, झाँक्री नाँच, स्याब्रो नाच, संगिनी नाच र नौमति बाजा समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको क्लवले जानकारी दिएको छ ।
मैवाखोला गाउँपालिकाको मुख्य प्रायोजन तथा वडा नं २ को सह–प्रायोजनमा हुने कार्यक्रममा लेकुवा साँस्कृतिक परिवार, मैवाखोला क्लव, ठोट्ने सिंहराज मनरानी आधारभूत विद्यालय सहयोगी संस्थाको रुपमा रहनेछन् भने जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको क्लवले जानकारी दिएको छ ।
प्रकाशित: १७ मंसिर २०८२ १५:०१ बुधबार





