आजको खेलमा आशिफ शेखको अनुपस्थितिमा ओपनिङको मौका पाएका कुशल मल्ल लयमा देखिएनन्। लगातार दबाबमा देखिएका मल्लले २१ बलमा १२ रन बनाएर आउट भएका छन्।
उनलाई वेस्ट इन्डिजका फास्ट बलर जेशन होल्डरले आउट गरे।
अहिले २३ बलमा ३१ रन बनाएर राम्रो लयमा खेलिरहेका अर्का ओपनर कुशल भुर्तेललाई साथ दिन कप्तान रोहित पौडेल क्रिजमा आएका छन्। नेपालको स्कोर ८ ओभरमा एक विकेट गुमाएर ४५ रन छ।
प्रकाशित: १४ आश्विन २०८२ २०:५० मंगलबार





