१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

कतारविरुद्ध ८ रन बनाएर आउट भए कुशल मल्ल

आइसीसी टी-२० विश्वकप एसिया छनोटमा कतारविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। कुशल मल्ल ८ रन बनाएर आउट भएपछि नेपाल संकटमा परेको हो।

ओमानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले ७.४ ओभरमा ४८ रनको स्कोरमा तेस्रो महत्त्वपूर्ण विकेट गुमाएको हो। आउट हुनुअघि मल्लले १० बलमा एक छक्का प्रहार गरे।

यसअघि दुवै ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (११) सस्तैमा पेभिलियन फर्किसकेका छन्। शीर्ष क्रमका तीनै ब्याट्सम्यान गुमाएपछि नेपाल दबाबमा आएको छ।

कुशल मल्लको स्थानमा अब अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका छन्। उनले कप्तान रोहित पौडेलसँग मिलेर सम्मानजनक स्कोरतर्फ टोलीलाई डोर्याउने जिम्मेवारी पाएका छन्।

प्रकाशित: २७ आश्विन २०८२ २१:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App