आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।
टियू मैदानमा जारी खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। उनले ४५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
उनीसँगै क्रिजमा रहेका ओपनर आसिफ शेखले ३२ रन बनाएका छन्।
१९६ रनको लक्ष्य पाएको नेपालले ताजा स्थितीमा १४ ओभरमा विना कुनै विकेटको क्षतीमा ८५ रन बनाएको छ।
प्रकाशित: २ जेष्ठ २०८३ १४:०७ शनिबार





