८ मंसिर २०८३ मंगलबार
image/svg+xml
खेल

पाकिस्तान ‘ए’ विरुद्ध १ रन बनाएर आउट भए कुशल भुर्तेल

एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल मात्र १ रन बनाएर पेभेलियन फर्किएका छन्।

खेलको तेस्रो ओभरको दोस्रो बलमा भुर्तेललाई पाकिस्तान ‘ए’ का बलर मोहम्मद इमरानले माज सदाकतको हातबाट क्याच आउट गराए।

आउट हुनुअघि भुर्तेलले ८ बल खेल्दै १ रन मात्र जोडेका थिए। ताजा अवस्थामा नेपालले २.२ ओभरमा १ विकेट गुमाएर ५ रन बनाएको छ।

क्रिजमा अर्का ओपनर मायन यादव ६ बलमा १ चौकासहित ४ रन बनाएर अविजित खेलिरहेका छन्। पाकिस्तान ‘ए’ का लागि मोहम्मद इमरानले १.२ ओभरमा ४ रन खर्चेर १ विकेट लिएका छन् भने मोहम्मद हसनैनले १ ओभरमा मात्र १ रन खर्चिए।

यसअघि कतारको दोहामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको थियो।

प्रकाशित: ८ मंसिर २०८३ १९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App