१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

कुशल भुर्तेलको विस्फोटक छक्काले फुट्यो कमेन्ट्री बक्सको सिसा

नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले प्रहार गरेको शक्तिशाली छक्काले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको कमेन्ट्री बक्सको सिसा फुटेको छ।

विराटनगर किंग्सविरुद्ध २२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भुर्तेलले आक्रामक ब्याटिङ गरिरहेका छन्।

विराटनगरका तीव्र गतिका बलर मर्च्यान्ट डे लाङ्गेको बलमा भुर्तेलले लङ-अन क्षेत्रमाथि जोडदार प्रहार गरेका थिए। बलले सोझै गएर मैदानमा रहेको कमेन्ट्री बक्सको झ्यालको सिसामा लागेर फुटाएको थियो।

भुर्तेलको शक्तिशाली प्रहारले बलको अवस्था पनि बिग्रिएकाले अम्पायरहरूले म्याच बल नै फेर्नुपरेको थियो।

विशाल लक्ष्यको दबाबमा रहे पनि भुर्तेलले सुरुदेखि नै आक्रामक रणनीति अपनाएका थिए। उनले मात्र १० बलमा ३० रन बनाइसकेका छन्। जसमा ३ वटा गगनचुम्बी छक्का समावेश थियो।

उनको यही आक्रामक सुरुवातले पोखराको रन गतिलाई तीव्र बनाएको थियो।

प्रकाशित: २ मंसिर २०८२ १८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App