२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
खेल

क्षितिज,सिन्दरा, राजीव र पदमकृष्णलाई वडाध्यक्ष कप चेसको उपाधि

प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा क्षितिज भण्डारीले उपाधि जितेका छन् । उनले ७ चरणको खलमा ५ स्कोर गरे । समान अङ्क भएका सुशील चौधरी दोस्रो र कमल श्रेष्ठ तेस्रो भए । 

 क्याटागोरी बीमा सिन्दिरा जोशी ५.५ अङ्क सहित पहिलो भइन् । सो स्पर्धामा समान अङ्क भएकी राधिका पौडेल दोस्रो भइन् । ५ अङ्क भएकी कुसुम घिसिङ तेस्रो भइन् । 

क्याटोगारी सीमा राजीव कार्की पहिलो भए । सो स्पर्धामा महेन्द्र कुमार साम्बाहाम्पे दोस्रो भए ।   

क्याटोगोरीमा डिमा पदम कृष्ण श्रेष्ठ पहिलो भए । 

काठमाडौं महानगरपालिका २८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा जारी प्रतियोगितामा करिब २०० खेलाडीको सहभागिता थियो । प्रतियोगिताका विजयी खेलाडीलाई काठमाडौँ २८ का अध्यक्ष भाइराम खड्गी, प्रतियोगिता निर्देशक इन्द्र बस्नेत, थापाथली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्य, पूर्व राष्ट्रिय च्याम्पियन नवीन तुण्डकार र मुख्य निर्णायक ज्ञानेन्द्र खाइजु लगायतले पुरस्कार प्रदान गरे । 

प्रतियोगिताले नेपाली चेस खेलको विकासमा थप सहयोग गर्ने विश्वास रहेको बस्नेतले बताए । 

प्रकाशित: २८ कार्तिक २०८३ १८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App