२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

केएमसी बास्केटबल आइतबारदेखि

कुल ३२ टोलीले प्रतिस्पर्धा गर्ने पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।

केएमसी स्कुलको आयोजनामा हुने प्रतियोगितामा तीन विधामा विभिन्न २४ विद्यालयका ३२ टिमको सहभागिता रहने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले जानकारी दिए।

सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२ र सिनियर गल्र्समा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू बुद्धनगरस्थित आयोजककै कोर्ट खेलाइनेछ। सिनियर/जुनियर ब्वाइजलाई चार तथा सिनियर गल्र्सलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ।

केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले प्रतिभावान् खेलाडीको पहिचान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी तयार गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे।

केएमसीका निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापाले प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने बताए। सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप एकेडेमी र सिनियर गल्र्समा रिब्स डिफेन्डिङ च्याम्पियन हुन्।  

प्रकाशित: २६ पुस २०८२ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App