तीन टोली केइएस, काठमाडौं जेभियर्स र हेम्स १४औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार च्याम्पियन भएका छन्।
शंखमुलमा सम्पन्न भएको प्रतियोगितामा केइएस जुनियर ब्वाइज, काठमाडौं जेयिभर्स सिनियर गर्ल्स र हेम्स सिनियर ब्वाइजमा च्याम्पियन भएका हुन्। जुनियर ब्वाइजको फाइनलमा केइएसले सनसाइनलाई २१–१० ले हरायो। विजेताका आयुश तिमल्सिनाले ११ अंक जोडे।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा काठमाडौं जेभियर्सले केइएसलाई २६–२५ को साँघुरो अन्तरले पराजित गर्यो। विजयी टिमका लागि सुहानी बानियाँले १९ स्कोर गरिन्। सिनियर ब्वाइजको फाइनलमा हेम्सले मार्वलसलाई ४४–३१ ले हरायो। विजेताका आयुश रावल र आशुतोष यादवले समान १४–१४ स्कोर गरे।
जुनियर ब्वाइजमा केइएसका विपुल भुजेल, सिनियर ब्वाइजमा हेम्सका आशुतोष यादव र सिनियर गर्ल्समा काठमाडौं जेभियर्सकी सुहानी बानियाँ मोस्टल भेलुएबल प्लेयर घोषित भए। जुनियर ब्वाइजमा सनसाइनका जेनिश जोलाङ्गेल, सिनियर ब्वाइजमा मार्वलसका रोशन कुश्वाह र सियिनर गल्र्समा केइएसकी तमन्ना थापा सर्वाधिक स्कोरकर्ता बने। विजेतालाई काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, आयोजक मध्य क्षेत्रीय प्याब्सनका अध्यक्ष धनप्रसाद सुब्बालगायतले पुरस्कृत गरेका थिए।
प्रकाशित: १४ मंसिर २०८२ ०८:०७ आइतबार





