१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

काभा महिला भलिबल: अपराजित रहँदै इरान च्याम्पियन, नेपाल चौथो

अपराजित रहँदै इरानले नेपालमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा च्याम्पियन हुँदै उपाधि रक्षा गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको फाइनलमा इरानले काजखजस्तानलाई ३–१ को सेटमा हरायो ।  

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेको इरान अपराजित रहँदै च्याम्पियन भयो । इरानले कुल पाँच खेल खेल्दा एउटा सेट मात्र गुमायो । प्रतियोगिताभर इरानले डिफेन्स, स्पाइक र ब्लकमा उत्कृष्ट प्रदर्शन देखायो ।  

यो पनि पढ्नुहोस्

काभा भलिबलमा नेपाल फेरि भारतसँग पराजित, चौथो स्थानमा सीमित

इरानले पहिलो सेट २५–१८ ले सहजै आफ्नो बनायो । दोस्रो सेटमा कजाखकिस्तानले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने संकेत गर्‍यो । यो सेट कजाखस्तानको पक्षमा २५–१९ ले रह्यो । तर तेस्रो सेटमा नै इरान खेलमा फर्कियो । यो सेट २५–१५ ले एकपक्षीय रुपमा इरानले आफ्नो बनायो । तर चौथो सेट पनि इरानले २५– २१ ले आफ्नो बनाउँदै उपाधि रक्षा गर्‍यो ।  

यसअघि समूहचरणमा पनि इरानले काजखस्तानलाई ३–० को सोझो सेटमा नै हराएको थियो । 

प्रकाशित: १५ जेष्ठ २०८३ १९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App