३ चैत्र २०८२ मंगलबार
image/svg+xml
खेल

काठमाडौंको नवौँ विकेट पतन: सुदूरपश्चिम जितको संघारमा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा काठमाडौं गुर्खाज हारको नजिक पुगेको छ। काठमाडौंले आफ्नो नवौँ विकेट गुमाएसँगै सुदूरपश्चिम रोयल्स जितको संघारमा उभिएको छ।

टोलीलाई संकटबाट पार लगाउने झिनो आशा बोकेका कप्तान करण केसी पनि पेभिलियन फर्किएका छन्।

इनिङको १६औँ ओभरको पाँचौँ बलमा स्कट कुग्गेलेइनले उनलाई हेमन्त धामीको हातबाट क्याच आउट गराए। करणले २ बलमा मात्र १ रन बनाउन सके।

अहिले काठमाडौंको स्कोर ११२/९ रहेको छ। जितका लागि अझै २५ बलमा ३६ रन आवश्यक छ भने हातमा मात्र १ विकेट बाँकी छ।

क्रिजमा सन्नी पटेल ४ रन बनाएर खेलिरहेका छन् भने अब अन्तिम ब्याटरका रूपमा शाहब आलम मैदान प्रवेश गर्नेछन्।

प्रकाशित: ३ मंसिर २०८२ १९:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App