नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गरिरहेको काठमाडौं गोर्खाजले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका राशिद खान ७ रन बनाएर आउट भएका हुन्।
खेलको पाँचौँ ओभरको अन्तिम बलमा पोखराका बलर धनञ्जय लक्षणले उनलाई क्षेत्री सन्दीप क्षेत्रीको हातबाट क्याच आउट गराएका हुन्। राशिदले १२ बलमा १ छक्का प्रहार गर्दै ७ रन जोडे।
काठमाडौंका दुवै ओपनर सस्तैमा समेटिएका छन्। यसअघि आकाश त्रिपाठी शून्यमा आउट भएका थिए। दुवै विकेट धनञ्जय लक्षणले लिएका हुन्।
अहिले क्रिजमा बेन चार्ल्सवर्थ र मिलिन्द कुमार रहेका छन्। हाल काठमाडौंले ५.१ ओभरमा २ विकेट गुमाएर २२ रन बनाएको छ।
प्रकाशित: १८ मंसिर २०८२ १२:१९ बिहीबार





