नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
यो निर्णयसँगै अब सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ। खेल अपराह्न ४ बजे सुरु हुँदैछ।
आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।
प्रकाशित: ८ मंसिर २०८२ १६:०० सोमबार





