२९ कार्तिक २०८३ आइतबार
image/svg+xml
खेल

एकै ओभरमा करण केसीको दोहोरो झट्का, शतकनजिक पुगेका दुवै ब्याटर आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको खेलमा पोखरा एभेन्जर्सले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २०९ रन बनाएको छ।

१९औं ओभरमा बलिङ गरेका काठमाडौंका करण केसीले शतकनजिक पुगेका पोखराका दुवै सेट ब्याटर कुशल भुर्तेल र युवराज सम्रालाई आउट गर्दै दोहोरो झट्का दिएका हुन्।

पोखराले १८.२ ओभरमा २०३ रन हुँदा कुशल भुर्तेललाई ९९ रनमा गुमाएको थियो भने सोही ओभरको पाँचौँ बलमा २०८ रन हुँदा युवराज सम्रा पनि आउट भए। सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतले ८९ रन जोडे र करण केसीकै बलमा सार्कीबाट क्याचआउट भए।

यसअघि १ रनले शतकबाट चुकेका भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित १९४.११ को स्ट्राइक रेटमा ९९ रन बनाएका थिए। उनी करण केसीको बलमा विकेटकिपर पटेलबाट समातिएका थिए। सम्रा र भुर्तेलबीच दोस्रो विकेटका लागि १६ ओभरमा १८६ रनको विशाल साझेदारी भएको थियो।

प्रकाशित: २९ कार्तिक २०८३ १८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App