२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

काभा महिला भलिबल : उपाधिका लागि इरान र कजाकिस्तान भिड्ने, कांस्यका लागि नेपाल र भारत खेल्दै

काठमाडौंमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि इरान र कजाकिस्तान भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (शुक्रबार) दिउँसो ४ : ३० बजे स्वर्ण पदकका लागि यी दुई टोलीबीच फाइनल खेल हुनेछ।

आजै च्याम्पियनसिपको तेस्रो स्थान (कांस्य पदक) का लागि घरेलु टोली नेपाल र छिमेकी राष्ट्र भारतबीच प्रतिस्पर्धा हुँदैछ। नेपाल र भारतबीचको यो रोमाञ्चक खेल दिउँसो १:०० बजे सुरु हुने तालिका छ।

बिहीबार भएको खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो। नेपाललाई हराएर इरान प्रतियोगिताको फाइनलमा पुगेको हो।

हिजै भएको पहिलो सेमिफाइनल खेलमा कजाकिस्तानले भारतलाई ३-० कै सोझो सेटमा हराएर फाइनल पुगेको थियो। 

प्रकाशित: १५ जेष्ठ २०८३ ०८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App