जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिमा सदस्य थप गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका र पार्टीभित्रै कार्यरत रहेका सदस्यहरूलाई केन्द्रीय समिति र केन्द्रीय सल्लाहकार समिति सदस्यमा मनोनयन गरेको पार्टी प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
सप्तरीका सत्यनारायण यादव, बाँकेका पदम अर्याल र रेखा गुप्ता, रुपन्देहीका विद्या यादव र धनुषाका विमल साहलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरिएको छ।
त्यसैगरी जसपा नेपालले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा प्रा.डा. रामस्वारथ यादवलाई मनोनयन गरेको बस्नेतले बताए।
मनोनीत हुने सल्लाहकार समिति सदस्यहरूमा खडकनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्र प्रकाश महतो र मनोज साह रहेका छन्।
जसपा नेपालले केन्द्रीय समिति बैठकका निर्णयहरू मातहत समितिमा सर्कुलर गरेको छ।
प्रकाशित: २८ कार्तिक २०८२ ०८:४५ शुक्रबार




-600x400.jpg)
