२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

इटालीले टस जितेर फिल्डिङ रोज्यो, नेपाललाई ब्याटिङको निम्तो

आइसीसी पुरुष टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ को १७ औं खेलमा नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा भर्खरै सम्पन्न टसमा इटालीले बाजी मारेको छ।

टस जितेर इटालीले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। इटालीको यो निर्णयसँगै नेपाली टोलीले अब पहिले ब्याटिङ गर्नेछ।

वानखेडे स्टेडियमको पिच सामान्यतया ब्याटिङका लागि अनुकूल मानिन्छ। नेपालले आजको खेलमा उच्च स्कोर खडा गर्दै इटालीलाई दबाबमा राख्ने रणनीतिसहित मैदान उत्रिनेछ।

खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुँदैछ।

नेपालका प्रशिक्षक स्टुआर्ट लले पछिल्लो खेलबाट एक मात्र परिवर्तन गरेका छन्। शेर मल्लको स्थानमा ललित राजवंशीलाई अवसर दिएका छन्।

पहिलो खेलमा नेपाल इङ्ल्यान्डसॅंग ४ रनले पराजित भएको थियो।

प्रकाशित: २९ माघ २०८२ १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App