आइपीएलको १९ औं सिजन शनिबारबाट सुरु हुँदैछ। यस सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच प्रतिस्पर्धा हुँदैछ।
बेंगलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
गत सिजनमा पञ्जाब किंग्सलाई हराउँदै बेंगलुरुले पहिलो उपाधि जितेको थियो।अर्कोतर्फ, हैदराबाद छैटौं स्थानमा रहेको थियो।
आरसीबी र एसआरएचले अहिलेसम्म २५ खेल खेलेका छन्। जसमा हैदराबाद १३ खेल जितेको छ भने बेंगलुरुले ११ खेल जितेको छ। एम चिन्नास्वामी स्टेडियममा यी दुई टोली आठ पटक आमनेसामने भएका छन्। जसमा आरसीबीले पाँच पटक र एसआरएचले तीन पटक जितेको छ।
प्रकाशित: १४ चैत्र २०८२ १३:२६ शनिबार




