१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

आईपीएलः मुम्बईलाई पराजित गर्दै राजस्थान प्लेअफमा

राजस्थान रोएल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ। मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै राजस्थानले प्लेअफमा स्थान बनाएको हो।  

जितपछि चौथो स्थानमा उक्लिएको राजस्थानको १६ अंक भएको छ । राजस्थानको जितले १५ अंकमा पाँचौ स्थानमा रहेको पञ्जाव किङ्स र अन्तिम खेल बाँकी रहेको कोलकात्ता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ। कोलकात्ताको १३ अंक छ । लिग चरणको अन्तिम खेलमा आजै राति कोलकात्ता र देल्ली क्यापिटल्सबीच खेल हुनेछ।  

वाङखडे स्टेडियममा राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो । सूर्यकुमार यादवले ६०, क्याप्टेन हार्दिक पाण्डेयले ३३ र विल ज्याक्सले ३४ रन बनाएपनि हार भने टार्न सकेनन्।  

मुम्बईलाई सस्तैमा समेट्न जोफ्रा आर्चरले ३ तथा नान्ड्री बर्गर, ब्रिजेश शर्मा र यसराज पुन्जाले समान २ विकेट लिए।  

यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०५ रनको योगफल तयार पारेको थियो। उसका लागि ध्रुव जुरेलले ३८ र जोफ्रा आर्चरले ३२ रन बनाएका थिए।  

बलिङमा दीपक चाहार र शार्दुल ठाकुरले समान २ विकेट लिए ।  

आईपीएलको पहिलो क्वालिफायरमा मंगलबार शीर्ष स्थानको रोएल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच खेल हुनेछ। एलिमिनेटमा राजस्थानले तेस्रो स्थानको सनराइजर्स हैदरावादसँग खेल्नेछ। 

प्रकाशित: १० जेष्ठ २०८३ २०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App