३० वैशाख २०८३ बुधबार
image/svg+xml
खेल

आईपीएल : दिल्ली र आरसीबी खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमबार दिल्ली क्यापिटल्स र  रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन्।  

खेल नेपाली समय अनुसार सोमबार बेलुका पौने ८ बजेबाट दिल्लीमा रहेको अरुण जैटल स्टेडियमा हुनेछ। साविक विजेता आरसीबी १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। हालसम्म ७ खेल खेलेको आरसीबीले ५ मा जित र २ मा पराजय भोगेको छ।  

दिल्ली भने अंक तालिकाको सातौँ स्थानमा छ। उसले हालसम्म खेलेको ७ खेलमा ४ मा हार र ३ मा जित निकालेको छ। हालसम्म आईपीएलको इतिहासमा यी दुई टोलीबीच ३३ पटक खेल भएको छ जहाँ २० पटक आरसीबीाके पक्षमा र १२ पटक दिल्लीको पक्षको नतिजा गएको छ। एक पटक भने दुवै टोलीले अंक बाँडेका छन्।

प्रकाशित: १४ वैशाख २०८३ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App